सदरलाइनडटकम,
काठमाण्डौ : बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एशियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ । शनिवार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए । तर नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।
नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन । दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
