राममनोहरका आफन्तद्वारा नेपालगञ्जमा पुनः प्रदर्शन

९ आश्विन २०७५, मंगलवार १६:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतका क्रममा एक्कासी विरामी भई उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएका राममनोहर यादवका आफन्तले मंगलवार नेपालगञ्जमा पुनः प्रदर्शन गरेका छन् । यादवलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्तीको माग गर्दै आफन्तले प्रदर्शन गरेका हुन् । आफ्नो मागप्रति सरकार गम्भीर नभएपछि फेरी प्रदर्शन गर्नु परेको राममनोहरका भाई रामकुमार यादवले बताए ।
प्रहरी हिरासतमा रहेका यादवको प्रहरीको कुटाईबाट मृत्यु भएको आरोप लगाउँदै आफन्तले हिरासतमा रहेका यादवलाई कुटपिट गर्न लगाउनेलाई कारवाहीको माग समेत गरे ।
त्रिभुवन चोकमा भेला भएका प्रदर्शनकारी नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयको मुख्य ढोकामा समेत सरकार विरुद्ध नारावाजी गरेका थिए । यसअघि पनि शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ती र घटनाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै आफन्तले नेपालगञ्जमा प्रदर्शन गरेका थिए ।
घटनाको छानविन गर्नुपर्ने अडान राखेका आफन्तले शव बुझ्न समेत मानेका छैनन् । शवको पोष्टमार्टम गरिएपनि काठमाण्डौस्थित वीर अस्पतालमा राखिएको पारिवारिक श्रोतले जनाएको छ ।

Next Post

किशोरीसँग यौन दुर्ब्यवहार गर्ने बाँकेमा एक पक्राउ

९ आश्विन २०७५, मंगलवार १६:१५
सदरलाइनडटकम, खजुरा (बाँके) : नाबालिगासँग यौन दुर्ब्यवहार गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीसँग यौन दुर्ब्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका ५ का शाकिरअली दर्जीलाई पक्राउ गरेको हो । खजुरा २ गौघाटकी एक किशोरीलाई उढरापुर पुर्याइ दिने भन्दै उनले मानखोला नजिकैको जंगलमा लगेर […]