बाढीले भत्काएको सडक मर्मत गरिँदै

सदरलाइन संवाददाता २९ श्रावण २०८०, सोमबार १७:१७
 

दाङ : घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत शुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका–१७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो । तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत शुरू गरिएको छ ।


घोराही तुलसीपुरको सडकअन्तर्गत त्यस क्षेत्रमा अवरुद्ध भए पनि सहायक मार्ग तुलसीपुर १८ कोे दुधरास सक्राम सडकखण्डबाट यातायातका साधन सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका–१८ का वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिए । सोमबार साँझसम्म सडक पूर्णरूपले सञ्चालनमा आउने गरी काम शुरू गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनआकाँक्षालाई केन्द्रमा राखेर काम गर्दै छु : मुख्यमन्त्री चौधरी

२९ श्रावण २०८०, सोमबार १७:१७
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास र समृद्धिका लागि कुनै स्वार्थ नराखी काम गरिरहेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले कुनै दल, समूह वा गुटलाई प्रश्रय गर्ने गरी नभई जनआकांक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे […]