२०७५ मा स्वास्थ्य र सरसफाईमा केन्द्रित हुने प्रतिवद्धता

३० चैत्र २०७४, शुक्रबार १६:५९
 


सदरलाइनडटकम
३० चैत, नेपालगन्ज ः राप्तीसोनारी गाउँपालिकाले शुक्रबार शुभकामना आदान प्रदान गरेको छ । गाउँपालिका कार्यालय बाँकेको अगैयामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिदै अध्यक्ष लाहुराम थारुले नयाँ वर्ष २०७५ सालमा सबै गाउँपालिकाबासीको ईच्छा, आकांक्षा पुरा हुने विश्वास ब्यक्त गरे ।
२०७५ सालमा सबै वडालाई फोहोरमैलाबाट मुक्त गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष थारुले भने—, ‘२०७५ सालमा हामीेले गाउँपालिकाभरी स्वास्थ्य र सरसफाईको अभियानलाई विशेष रुपले जोड दिनेछौं, यसका लागि प्रत्येक वडाका वडाअध्यक्षलाई अभियानमा सहभागी गराउनेछौं ।’ स्वास्थ्य र सरसफाई महत्वपुर्ण कुरा भएको भन्दै यसलाई गाउँपालिकाले प्राथमिकता दिने उहाँले बताए । सरसफाई अभियानमा गाउँपालिकाभित्र रहेका सरोकारावाला संघ, संस्थालाई सहभागी गराईने अध्यक्ष थारुले बताए ।
प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले सञ्चालन गरेको उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिदै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले २०७५ सालमा गाउँपालिकामा कुनैपनि प्राकृतिक विपति नदोहोरिने विश्वास गरे । २०७४ साल राप्तीसोनारी गाउँपालिकाका लागि सुखद नभएपनि २०७५ सालमा सुख, शान्ति र समृद्धि हुने उनको भनाई छ । २०७५ सालमा स्वास्थ्य र सरसफाईका विभिन्न कार्यक्रम गरिने बताए । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, राप्तीसोनारीका विषयगत कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Next Post

प्रदेश ५ को नारा ‘समृद्ध प्रदेश, सुखी जनता’

३० चैत्र २०७४, शुक्रबार १६:५९
सदरलाइनडटकम ३० चैत, नेपालगन्ज ः प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गरे । प्रदेश सरकारको आफ्नो स्रोत छैन । त्यसेले केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको […]