पहिलो दिननै हर्न बजाउने बाह्र जना ट्राफिकको फन्दामा

१ पुष २०७५, आईतवार १८:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हर्न निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्जमा ट्राफिक प्रहरीले सवारीसाधनको हर्न बजाउने चालकहरुलाई कारबाही थालेको छ । हर्न निषेधित क्षेत्र घोषणा भएको मंसिर महिनाभर सचेतनामुलक कार्यक्रम गरेको ट्राफिक प्रहरीले पुष १ गतेदेखि हर्न बजाउनेहरुलाई कारबाही थालेको हो ।
आइतवार पहिलो दिन हर्न बजाउने १२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । उनीहरुबाट ६ हजार ५ सय रुपैयाँ संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भीम वलीले बताए ।
वलीका अनुसार ५ वटा मोटरसाईकल, ३ वटा कारजीप, २ वटा बस र २ वटा ट्रकका चालकलाई हर्न बजाएको भन्दै जरिबाना गरिएको हो । हर्न निषेधित क्षेत्रमा हर्न बजाउनलेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिबाना गर्न सकिने प्रावधान छ । पहिलो पटक अधिकांश सवारी चालकहरुलाई ५ सयका दरले जरिबाना गरिएको छ ।
चर्को स्वरमा हर्न बजाउँदा ध्वनि प्रदुषण भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा ट्राफिक प्रहरीले मंसिर १ गतेदेखि नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

Next Post

दाइजोविरुद्ध देशव्यापी अभियान नेपालगञ्जबाट शुरु

१ पुष २०७५, आईतवार १८:३६
सदरलाइनडटकम, नेपालगञ्ज : दाईजो प्रथाविरुद्ध आइतवारदेखि देशब्यापी अभियान शुरु भएको छ । इस्लामी संघ नेपालले दाईजो प्रथाविरुद्ध देशब्यापीरुपमा १० दिने अभियान शुरु गरेको हो । नेपालगञ्जको आइडियल पब्लिक हाईस्कूलबाट शुरु गरिएको अभियान पौष १० गतेसम्म सञ्चालन गरिने इस्लामी संघ नेपालले जनाएको छ । हरेक दिन विभिन्न कार्यक्रमका साथै अभियान चलाउने संघका […]

सम्बन्धित