एकै पटक २० समूहले २० ठाँउबाट फोहर टिपियाे

२९ मंसिर २०७५, शनिबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ‘हाम्रो नेपालगञ्ज सफा नेपालगञ्ज’ भन्ने नारासहित नेपालगञ्जमा शनिबारदेखि सरसफाई महाअभियान शुरु गरिएको छ । यो अभियानमा एकै पटक विभिन्न स्थानबाट २० वटा टोली सरसफाईको लागि परिचालित भएको थियो ।
नेपालगञ्ज उप–महानगर, नेपालगञ्ज उद्योग वाणिज्य संघसंगको संयुक्त आयोजना तथा इन्प्रोकको सह–आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभिन्न सामाजिक संघ संस्था, प्रहरी, सेना, शिक्षालय लगायतको सहकार्यमा विहान नगरका अधिकांस सडकमा सर सफाई गरिएको हो ।
शनिबार विहान ८ वजे एक साथ विभिन्न २० वटा रुटमा सरसफाई शुरु गरिएको थियो जो अभियानमा एक महिनादेखि नेपालगञ्जका सडक, टोल, गल्ली एक्लैएक्लै सफाई विश्व सरसफाई अभियन्ताद्वय राजमान मानव र शुसीला महर्जनको समेत उपस्थिति रहेको थियो । अभियानको उपमहानगरको कार्यालय अगाडिबाट नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगरले शुभारम्भ गरेका थिए ।
नेपालगन्जको होटल सिटि प्यालेसले सुर्खेतरोड हुँदै सेतुबिक चोकसम्म सरसफाई अभियानमा जोडिएको होटलका प्रबन्धक पदम सुवेदीले जानकारी दिए ।
वडा स्तरमा वडा अध्यक्षले अगुवाई गरेको अभियानमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, उद्योगी व्यवसायी, पेशागत संघ संगठनका प्रतिनीधी लगायतको सहभागिता रहेको थियो । सरसफाई अभियानमा मास्क, पन्जा र फोहर राख्ने ब्याग सहित सहभागिहरुले सरसफाई थालेका थिए ।
यसपालीको अभियानमा फोहर वढार्ने भन्दा फोहर संकलन गर्ने गरिएको थियो । सरसफाईपछि नगरका मुख्य सडकहरु सफा देखिएका छन् ।  

Next Post

आर्दश युवा समुहको साधारण सभामा पत्रकार शर्मा सम्मानित

२९ मंसिर २०७५, शनिबार १८:५०
सदरलाइनडटकम, खजुरा (बाँके)  : बाँके खजुरामा रहेको आर्दश युवा वचत समुहले आफनो प्रथम साधारण सभा सम्पन्न गरेको छ । बचत सगंै सामाजिक कार्य गर्दै आइरहेको समुहले शनिवार खजुरामा आफनो साधारणसभा सम्पन्न गरेको हो । साधारण सभामा बोल्दै खजुरा गाउँपालिका वडा नंं ४ का अध्यक्ष तिलकविर सुनारले हरेक क्षेत्रको विकासका लागि […]