सदरलाइनडटकम,
नेपालगञ्ज : पश्चिम राप्ती नदी जलाधार क्षेत्रमा जल तथा मौसम सम्बन्धी सेवाहरुको प्रभावकारिता तथा दिगोपनाको लागि सहकार्यसम्बन्धित दुई दिने कार्यशाला नेपालगञ्जमा सुरु भएको छ ।
युएनडिपि र जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत विभागको संयुक्त आयोजनामा सुरु भएको सो कार्यशालामा पश्चिम राप्नी नदी जलाधार क्षेत्रका स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशाशकिय अधिकृतलगायतको सहभागिता रहेको सो कार्यशालामा प्रकोपमा सूचना प्रणालीले क्षति न्यूनिकरणको बारेमा छलफल गरिएको थियो ।
प्रदेस नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्यको अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले राप्तीनदीमा आउने बाढीबाट सबै भन्दा बढी बाँके प्रभावित हुने भएको र बाढीपूर्व सुचना प्रणालीको कारण मानविय क्षति अत्यन्तै न्यून हुने गरेको बताए ।
उनले राप्तीनदीमा बाँकेको राप्तीसोनारी–१ कुसुममा राखिएको गेज रिडिङ्गको कारण २४ सै घण्टा पानीको बहाव र सतहको बारेमा जनाकारी नियमित आउने भएकोले त्यसले असरपार्ने ठाँउहरुमा सूचना प्रवाह गरिदा पानी सो ठाँउ पुग्दा प्रभावित हुने स्थानमा रहेका मानिसहरु सुरक्षति स्थानमा सर्ने बताए ।
उनले विपदबाट क्षति न्यूनिकरण गर्नको लागि एकीकृत रुपले विकासलाई लैजानु पर्ने धारणा राख्दै विपदको पहिचान गर्नुको साथै उद्दार र राहतको विषयमा योजना बनाईने बताए ।
कार्यक्रममा युएनडिपि काठमाण्डौका कार्यक्रम संयोजक दिपक केसीले उपल्लो तटीय क्षेत्रदेखि तल्लो तटिय क्षेत्रमा खासगरी विपदको बेलामा सूचनाको माध्यामबाट जोड्न सके बाढी तथा अन्य विपदमा क्षति न्यून हुनसक्ने धारणा राखे ।
उनले यस्तो कार्यले गाउपालिका–नगरपालिकामा मौसम तथा जलबायुको परिवर्तनको कारण हुनसक्ने विपदबाट जोगाउन साथै क्षति न्यूनिकरण गर्नको लागि ठोस मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मौसमविद शिवप्रसाद न्यौपाने, प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति, शिवराज नगरपालिकाका उप–मेयर शिवकुमारी चौधरीलगायतले पूर्व सूचना प्रणालीले प्रकोपको बेलामा अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने धारणा राखेका थिए ।