प्रधानन्यायाधीशमा जबरा सिफारिस

२७ मंसिर २०७५, बिहीबार १५:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । पटकपटक स्थगित हुँदै आएको संवैधानिक परिषद्को बिहीवार बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद ्सदस्यको कार्यव्यस्तताका कारण भन्दै यसअघि ५ पटक समितिको बैठक सरेको थियो । एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भएपनि परिषद् बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन । बर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुष १७ गतेबाट अनिवार्य अवकाश पाउँदै छन् ।
नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको थियो । दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएकाले परिषद्ले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
२०१४ साल मंसिर २८ गते काठमाण्डौको सुकेधारामा जन्मेका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाई विशेष समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Next Post

पाँच नम्बर प्रदेश प्रहरी आफ्नै भवनमा

२७ मंसिर २०७५, बिहीबार १५:५८
सदरलाइनडटकम, दाङ : पाँच नम्बरको प्रदेश प्रहरी आफ्नै भवनमा सरेको छ । भाडाको भवनमा सञ्चालन हुँदै आएको प्रदेश प्रहरी कार्यालय बिहीवारदेखि दाङको तुलसीपुरस्थित आफ्नै भवनमा सञ्चालन भएको हो । तुलसीपुर उपमहानगरपालिकाले प्रदेश ५ प्रहरी कार्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहीवार एक कार्यक्रमका बीच उक्त भवन प्रदेश प्रहरीलाई हस्तान्तरण […]