पाँच नम्बर प्रदेश प्रहरी आफ्नै भवनमा

२७ मंसिर २०७५, बिहीबार १६:१४
 

सदरलाइनडटकम,
दाङ : पाँच नम्बरको प्रदेश प्रहरी आफ्नै भवनमा सरेको छ । भाडाको भवनमा सञ्चालन हुँदै आएको प्रदेश प्रहरी कार्यालय बिहीवारदेखि दाङको तुलसीपुरस्थित आफ्नै भवनमा सञ्चालन भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले प्रदेश ५ प्रहरी कार्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहीवार एक कार्यक्रमका बीच उक्त भवन प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको हो । उपमहानगरपालिकाको ३१ लाख र प्रहरीको दुई लाख श्रमदान गरी ३३ लाखमा निर्माण भएको भवनको साँचो तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
साँचो हस्तान्तरण गर्दै मेयर पाण्डेले प्रदेश कार्यालय भवन निर्माण गर्न उपमहानगरपालिकाले नीतिगतरुपमै स्विकृत गरेको बताए ।

Next Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा ठप्प

२७ मंसिर २०७५, बिहीबार १६:१४
सदरलाइनडटकम, दाङ : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बिहीवारदेखि ठप्प भएको छ । साबिक राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारीले अस्पतालको सेवा ठप्प पारेका हुन् । अस्पताल विकास समितिमा कार्यरत कर्मचारीले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म अस्पतालको सम्पूर्ण सेवा बन्द गरेका छन् । इमरजेन्सी, प्रसूति र हेमोडाइलासिस सेवा भने सुचारु रहेको […]

सम्बन्धित