दाङमा डोजर पल्टिँदा चालकको मृत्यु

सदरलाइन संवाददाता २ मंसिर २०७८, बिहीबार १३:१४
 

दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बिहीवार बिहान करिब ४ बजेतिर डोजर पल्टिएको थियो । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।


सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाई गर्ने क्रममा डोजर पल्टिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा हुने म्याराथनको पुरस्कार राशिमा बृद्धि

२ मंसिर २०७८, बिहीबार १३:१४
नेपालगञ्ज : सातौं नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशिमा वृद्धि गरिएको छ । नेपालगञ्जमा बिहीवार गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, […]