संविधान संशोधन प्रस्ताव देशभित्रको एजेण्डा होईन : आचार्य

७ पुष २०७३, बिहीबार ११:३९
 

सदरलाइनडटकम 
७ पुस , काठमाडौं, : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले संविधान संशोधन प्रस्ताव देशभित्रको एजेण्डा नभएको टिप्पणी गरेका छन् । सचिव आचार्यले भने,‘सरकारले ल्याएको यो संविधान संशोधन प्रस्ताव देशभित्रको एजेण्डा होईन, यो जनताको पनि एजेण्डा होईन र राष्ट्रको पनि एजेण्डा होईन, यो त बरु चुनाव बिथोल्न र संविधानलाई धरापमा पार्नको लागि असंवैधानिक ढंगबाट ल्याईएको छ, यो कुनै हालतमा हामी मान्दैनौं ।’
उनले प्रदेशको सिमांकने हेरफेर अहिलेको संविधान अनुसार गर्न नमिल्ने बताउँदै यो असंवैधानिक संशोधन प्रस्ताव कुनै हालतमा संसदको प्रक्रियामा अघि बढ्न नदिने चेतावनी दिए । आचार्यले संविधानको स्विकार्यता बढाउने बहानामा सरकारले संशोधन प्रस्ताव ल्याएको भनेपनि संविधान निर्माण गर्न र जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको संसदको दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर ल्याईएको आरोप लगाए ।
उनले जनताको भावना विपरित प्रस्ताव आएको गुनासो पोख्दै भने,‘सरकारले यस्तो प्रस्ताव आउँदैछ भनेर एमालेसँग एकपटक पनि छलफल तथा वार्ता गरेन, त्यहाँका जनताको माग र भावना विपरित यो प्रस्ताव आएको छ ।’ उनले सत्तारुढ दलका नेताहरुले प्याकेजमै सहमति गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएपनि यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारे ।
उनले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिए जारी संसद अवरुद्ध पनि हट्ने विश्वास व्यक्त गरे । आचार्यले आफ्नो दल संविधान संशोधनको विरोधी नभएको उल्लेख गर्दै सबैलाई मान्य हुनेगरि संवैधानिक ढंगबाट प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रेस विज्ञप्तीलाई लिएर सचिव आचार्यले भने,‘वर्तमान सरकारका क्रियाकलापहरुलाई मध्यनजर गरेर ज्ञानेन्द्रले यस्तो बालेका हुन्, यो सरकारले निर्वाचन बिथोल्ने उद्देश्यले संशोधन प्रस्ताव ल्याएपछि पार्टीपार्टी बिच ध्रविकरण बढेको छ, सरकारले समाजमा द्धन्द्ध बढाउने काम गरेको छ, यस्ता गति विधिबाट प्रतिगामी तत्वहरू सलबलाउन थालेका छन् ।’
उनले अघि थपे,‘२४० वर्षसम्म शासन गर्दा केही गरेनन्, देश जहाँको त्यहि रह्यो, केही भएन, उल्टै जनता माथि निरंकुशता लाद्ने काम गरे, जनता सार्वभौम भएपछि त्यसलाई बिर्सेर शाहले जुन खालको राजतन्त्र व्युँत्याउने उद्देश्य राखेर वक्तव्य जारी गरेका छन,् त्यो किमार्थ सफल हुदैँन, यो प्रतिगामी र प्रतिक्रियावादी कदम हो यसलाई नेपाली जनताले सफल हुन दिदैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्धारित समय मै बाँकेलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिने

७ पुष २०७३, बिहीबार ११:३९
सदरलाइनडटकम  ७ पुस, नेपालगन्ज : बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले आगामी फागुन महिना भित्र बाँकेलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको औल्याएका छन् ।  जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति बाँकेको बैठकलाई सम्बोधन गर्दै उनले जिल्लालाई खुला दिसामुक्त बनाउनले अभियानलाई सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने […]