बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

२४ मंसिर २०७५, सोमबार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धि तालिम दिइएको छ । बाँके, बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई सोमवार नेपालगञ्जमा प्याड बनाउने तालिम दिइएको हो ।
महिनावारी सम्बन्धि अभिमुखिकरण समेत प्रदान गरिएको तालिमले भविष्यमा स्थानीयस्तरमा सस्तो मुल्यमा प्याड किन्नसक्ने अवस्था सृजना गर्न स्थानीय महिला तथा किशोरीलाई सीप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको गेरुवाका टिम लिडर केशव राणाले बताए । कार्यक्रम समापन अवसरमा बोल्दै प्लानका सरसफाई कार्यक्रम संयोजक केशव सुबेदीले महिनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण अधिकाँश किशोरी बिद्यालय छाड्ने बाध्यता रहेको बताए ।



बिद्यालयस्तरमा समेत महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महिनामा करीब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा हुने गरेको उनले जिकिर गरे । जसलाई आवश्यक छ उसैले यसको महत्व बुझ्न जरुरी रहेको भन्दै सुबेदीले यो सीप केही व्यक्तिमा मात्र सीमित नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा गेरुवाका अध्यक्ष कृष्णजंग शाहले यो कार्यक्रमले स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित व्यवस्थापन रोक्न तालिमले धेरै सहयोग पुर्याउने धारणा राखे । लैंङिक रुपान्तरण तथा पूर्ण सरसफाई परियोजनाअन्तर्गत महिनावारी स्वच्छता व्यवस्थापनको अभावमा हुनसक्ने पाठेघर सम्बन्धि बिभिन्न संक्रमण तथा रोग रोकथाम गर्ने उद्देश्यले स्थानीय निकायको सहकार्य एवं प्लान इण्टरनेशनलको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले तालिम प्रदान गरेको हो ।

Next Post

‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान

२४ मंसिर २०७५, सोमबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकले सोमवार रक्तदान कार्यक्रम गरेको छ । लोकप्रियले छैठौं बर्ष प्रवेशको अवसरमा २०७५ जेठदेखि शुरु गरेको रक्तदानको यो तेश्रो श्रृंखला हो । कार्यक्रममा पत्रकार पवन जायसवालले ७७ औं पटक रक्तदान गरे । उनी गोपीलाल बैश्यपछिका सर्बाधिक धेरै रक्तदान गर्ने ब्यक्ति हुन् । […]

सम्बन्धित