डुडुवामा अवैध उत्खनन् गरिरहेको जेसिबी र टिपर प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता १० पुष २०७९, आईतवार १६:५७
 
फायल तस्बीर

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाको खोला छेउबाट अवैधरुपमा बालुवा खन्दै गरेको जेसिबी र टिपरलाई शनिवार राती १० बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।

डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीदेखि सन्तलिया जाने बाटोस्थित सेमरा भारी भन्ने स्थानमा अवैधरुपमा बालुवा खनिरहेको एक टिपर र एक जेसिबीलाई शनिवार राती नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेतहनीका असई मोहनकुमार भडेलले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालयबाट हुने निर्देशनअनुसार पक्राउ परेका साधनलाई जिल्ला समन्वय समितिको कार्यालयलाई बुझाउने वा जिल्ला पठाइने असई भडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्योती बिकास बैंकको शाखा न्यूरोडमा

१० पुष २०७९, आईतवार १६:५७
नेपालगञ्ज : नेपालगञ्जमा ज्योती बिकास बैंकले न्यूरोड शाखाको औपचारिक उदघाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले बैंङ्कले यसअघि नेपालगञ्जको सुर्खेतरोडमा रहेको शाखालाई न्युरोडमा सारिएको बैंकका क्षेत्रिय प्रवन्धक विनोद गुरुङले बताए । बैंकका संस्थापक शेयरधनी श्री मदन बहादुर केसी र प्रेम […]

सम्बन्धित