कटान रोक्न ‘आपतकालिन तटबन्ध’ निर्माण गरिँदै

सदरलाइन संवाददाता ९ असार २०८०, शनिबार १४:२२
 

राप्तीसोनारी (बाँके) : बर्षेनी तीब्र रुपले कटान भइरहेको राप्ती सोनारी–२ कचनापुरस्थित मदुईमा ‘आपतकालिन तटबन्ध’ निर्माणको काम शुरु गरिएको छ । २०७४ सालदेखि राप्तीको बाढीले खेतीयोग्य जमिन कटान शुरु गरेको थियो । राप्तीको बाढीले अहिलेसम्म करिव ३० विघा पक्का जमिन कटान गरिसकेको छ ।

बाढीले क्षति गरेर थुप्रै स्थानीय बासिन्दा घरबार विहिन बन्ने अवस्थामा पुगेपछि स्थायी तटबन्ध निर्माण गर्नुपर्ने माग स्थानीय स्तरमा उठेको थियो । लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुनाको पहलमा अहिले राप्तीको कटान रोक्न आकस्मिक बजेट आएको छ । विगत दुई दिनदेखी राप्तीमा कटान नियन्त्रण सम्बन्धी काम सुरु भइसकेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सुर्यदेव नायकले बताए ।


राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयास स्वरुप अहिले ठुल्ठुला ढुंगा नदी छेउमा राख्ने गरिएको छ । उक्त क्षेत्रमा करिव २ सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपदको योजना बनाउँदै लुम्बिनी प्रदेश सरकार

९ असार २०८०, शनिबार १४:२२
नेपालगञ्ज : यो वर्षको मनसुन भित्रँदै गर्दा लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी योजना बनाउन थालेको छ । लुम्बिनी प्रदेशका जिल्लालाई लक्षित गरेर मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय विपत् व्यवस्थापन तथा मनुसनजन्य विपत् पूर्वतयारीमा जुटेको छ । लुम्बिनी […]

सम्बन्धित