१२ हजार किलो केराउको बारेमा राजस्वले छानविन गर्दै

१३ मंसिर २०७५, बिहीबार १८:०२
 

सदरलाइनडटकम
नेपालगञ्ज  : वडा प्रहरी कार्यालय नेपालगञ्जले बुधबार नियन्त्रणमा लिएको दुई ट्याक्टर हरियो केराउ माथि राजस्व अनुसंन्धान कार्यालय कोहलपुरले छानविन सुरु गरेको जनाएको छ ।
राजस्व अनुसंन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसंन्धान अधिकृत बिनोद कुमार दाहालले वडा प्रहरी कार्यालय नेपालगञ्जले विल विजक शंकास्पद राखि नरैनापुर हुँदै भारत लैजान लागेको १२ हजार किलो हरियो केराउ (मटर) बारेमा अनुसन्धान सुरु गरेको बताए ।
वडा प्रहरी कार्यालय नेपालगञ्जले बुधबार दिउसो सवा ४ बजे भे १ त ६७५४ र भे १ त ५०२८ नंम्बरको टेक्टरमा लोड गरि लैजादै गरेको अवस्थामा नेपालगञ्ज–२२ पुरैनाबाट नियन्त्रणमा लिएको थियो ।
नेपालगञ्जबाट मुस्कान टे«डर्स नेपालगन्ज–१ बाट सदाव जनरल स्टोर्स नरैनापुरले सो केराउ खरिद गरीको र सदाव टे«डर्स २ हप्ता अघिमात्रै दर्ता भएको थियो । प्रमुख अनुसंधान अधिृकत दाहालले भने–‘अहिले फिजिकल चेकजाँच गर्दै छौ । दावि गरिएको अनुसार सामान छ कि छैन भनेर । पछि लिने र दिने फर्मको बारेमा पनि अनुसंधान गरिने छ ।’
प्रहरीले ती दुई टेक्टरबाट ८ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ र दुबै टेक्टरका चालक नरैनापुर–४ को ४० वर्षिय जाकिर खाँ, २८ वर्षको बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिएर अनुसंधानको लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाएको प्रहरी निरिक्षक नारायण डाँगीले बताए । याे पनि पढाै

१२ हजार किलो हरियो केराउसहित तीन पक्राउ


Next Post

नेपालगञ्जमा छक्का पञ्जा–३ को एकाउन्न दिन पूरा

१३ मंसिर २०७५, बिहीबार १८:०२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको बागेश्वरी चलचित्र मन्दिर हाल क्युएफएक्स सिनेमाले नेपाली कथानक चलचित्र छक्का पञ्जा–३ ले बिहीवार ५१ दिन पूरा गरेको अवसरमा केक काटेको छ । यसअघि १७ वर्ष पहिला सो सिनेमा हलले श्रीकृष्ण श्रेष्ठको दुख सुखले ५१ दिन पुरा गरेको थियो । दर्शकको माग अझै रहेपनि अन्य चलिचित्र क्युमा रहेका […]