दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १७ मंसिर २०७७, बुधबार १६:१२
 

नेपालगञ्ज : दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा बुधवार विहान मृत्यु भएको हो ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

सशस्त्र प्रहरीद्वारा अवैध सामग्री

१७ मंसिर २०७७, बुधबार १६:१२
नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेको सिमा नाकामा भारतबाट भित्रीदै गरेका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको कालाबञ्जर बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको नेतृत्वमा गएको टोलीले मंगलवार राती डुडुवा गाउँपालिका वडा नम्बर ६ कालाबञ्जरबाट १ लाख ७० हजार ९ सय रुपैयाँ बराबरका जुत्ता, जेन्स टिशर्ट, लेडिज सल […]