कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १४ असार २०७९, मंगलवार १३:३१
 

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा मंगलवार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।


‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो’ प्रहरी निरीक्षक मल्लले भने ।’ त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा जडान गरिएका सिसि क्यामेरा बिग्रिए

१४ असार २०७९, मंगलवार १३:३१
नेपालगञ्ज : नेपालगञ्जका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएका छन् । २०७५ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ, व्यवसायी र जिल्ला प्रहरी कार्यालयको पहलमा १४ वटा चोकमा ५४ वटा सिसि क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि ती सिसि क्यामेराको मर्मत सम्भार र सञ्चालनको जिम्मा […]