सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका निजामती कर्मचारीहरुले गम्भिर विरामी सहकर्मीलाई आर्थिक सहयोग गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन बाँकेका पुर्ब उपाध्यक्ष महेशसिंह ठकुरीलाई सहयोग गरिएको हो ।
बिरामी भई दाहिने खुट्टा घुडा भन्दा मुनी काट्नुपर्ने अवस्था आएपछि खुट्टा काटेर उपचार भई हाल उनीे घरमा आराम गरिरहेका छन् । निजामति कर्मचारी संगठन बाँके, आधिकारिक ट्रेड युनियन बाँके र राष्ट्रसेवक सहकारी संस्था लि. नेपालगञ्जको संयुक्त प्रयासबाट संकलन गरिएको र सहकारीबाट संकलित ३३ हजार ५०० रुपैयाँ आज ठकुरीलाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण थापा, सहकारीका अध्यक्ष चिरञ्जीवी पाण्डेलगायत उपस्थित थिए ।
