नेपालगञ्जमा बिहीवार नेपथ्य सांगीतिक कार्यक्रम हुँदै

सदरलाइन संवाददाता २८ मंसिर २०७९, बुधबार १७:२३
 

नेपालगञ्ज : नेपालगञ्जमा भोली नेपथ्य सांगितिक कार्यक्रम हुँदैछ । ’मानवता प्रबद्र्धन महाअभियान’को आयोजनामा बिहीवार अपरान्ह ४ बजे नेपालगञ्ज रंगशालामा नेपथ्य सांगीतिक कार्यक्रम हुन लागेको हो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रबद्र्धन लक्षित कार्यक्रमअन्तर्गत सांगीतिक कार्यक्रम गर्न लागिएको बताए ।

नेपालगञ्ज रंगशालामा बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष अधिकारीले देशका १० प्रमुख शहरहरुमा मंसिर १६ गतेदेखि कार्यक्रम गर्न शुरु गरिएको बताए । उनका अनुसार मंसिर १६ मा विराटनगरबाट शुरु भएको कार्यक्रम पुष १६ गते काठमाण्डौमा समापन हुनेछ ।

अधिकारीले सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवामा सबैलाई जागरुक गराउन र मानवता प्रदर्शन गर्ने अभिष्टसहित नेपालगञ्जमा पनि कार्यक्रम गर्न लागिएको बताए । उनले मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागेको बताए ।

मानवताका लागि नेपथ्य सांगितिक कार्यक्रमका संयोजक कृष्णप्रसाद श्रेष्ठले तयारी करिब पूरा भइसकेको जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन सबै नेपालगञ्जबासीको भूमिका अहम् हुने बताए । मानव सेवा आश्रमकी केन्द्रीय सदस्य सृजना ओलीले कार्यक्रमबाट उठेको पैसाले मानव आश्रम बनाइने बताइन् ।


नेपथ्यका लिड गायक अमृग गुरुंग ७० जनाको टोलीसहित नेपालगञ्ज आइसकेका छन् । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

कन्सर्टको तयारी स्वरुप श्रेष्ठको संयोजकत्वमा मूल समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति, जयनाराण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, उमा डाँगी ग्राण्डन संयोजक रहेको आवास व्यवस्थापन समिति, गोविन्द पाण्डे संयोजक रहेको सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति लगायत ११ वटा विषयगत उपसमितिहरु बनाइएका छन् ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

दानवीर एवं समाजसेवी जैकेश र सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया शुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १० मा घर भाडामा लिई सेवा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरपालिकालाई ’लु’ प्रतिकार्य योजना हस्तान्तरण

२८ मंसिर २०७९, बुधबार १७:२३
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई ’लु’ प्रतिकार्य योजना हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईलाई ’लु’ प्रतिकार्य योजना २०२३ हस्तान्तरण गरेका हुन् । फिनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जका २३ वटै वडामा ’लु’ परियोजना सञ्चालन गरेको […]