सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वर्षअघि तत्कालीन एमाले सरकारले लिएको परोपकारी नीतिलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको दाबी गरेका छन् ।
पहिलो सामाजिक सुरक्षा दिवसको उद्घाटनका अवसरमा उनले २५ वर्षअघि तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सहायता दिने काम गरेको र अहिलेको सरकारले सामाजिक सुरक्षाका योजना ल्याएको दाबी गरे ।
उनले सामाजिक सुरक्षाको कार्यक्रम आफूले पहिले प्रधानमन्त्री हुँदा गरेको प्रतिवद्वताको निरन्तरता भएको बताए । उनले आफ्नो सरकारले निश्चित आर्थिक वर्षका लागि मात्रै नीति नल्याउने दाबी गर्दै अहिलेको योजना त्यस्तै भएको बताए । उनले बीचका सरकारले नाटक देखाएको समेत आरोप लगाए ।
उमेर घटाउने र भत्ता बढाउने नाटक पनि भएको ओलीले बताए। प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्ने विषयमा सरकारको कामले देखाएको दाबी गरे ।
Next Post
सहकर्मीलाई निजामती कर्मचारीले गरे आर्थिक सहयोग
११ मंसिर २०७५, मंगलवार १४:४१
सम्बन्धित
-
६ बैशाख २०७८, सोमबार १९:४८
कोरोना संक्रमणका कारण २० वर्षिया किशोरीको मृत्यु
-
१५ श्रावण २०७५, मंगलवार १५:१४
मेगा बैंकका ग्राहकहरुलाई ग्राण्डी अस्पतालमा विशेष छुट
-
१ फाल्गुन २०७६, बिहीबार १४:२०
भारतको यूपीमा ट्रकसँग बस ठोक्किँदा १६ को मृत्यु
-
६ भाद्र २०७७, शनिबार ०९:१५
बाँकेमा शनिबार २१ जना कोरोना मुक्त भएर घर फर्के
-
१९ चैत्र २०७९, आईतवार १२:४३
स्वास्थ्य उपचार गाउँमै पाउँदा स्थानीय हर्षित
-
२२ श्रावण २०७६, बुधबार १८:५५
छाडा पशुचौपाया ब्यवस्थापन गर्न पुनः प्रयास