सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामसोहन थारुको आइतवार बिहान निधन भएको छ । ब्लडप्रेशर कम भएका ६० वर्षका थारुको हृदयाघातका कारण निधन भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिए ।
उनका श्रीमती, २ छोरा र २ छोरी रहेका छन् । थारु नेपाली काँग्रेसको वडा कार्य समितिका सभापति समेत हुन् । यसैबीच थारुको निधनपछि कोहलपुरमा आइतवार केन्द्रीय नेताहरुको उपस्थितिमा गर्ने भनिएको आमसभा स्थगित भएको नगर सभापति बलराम शर्माले जानकारी दिए । आमसभा स्थगित गरी केन्द्रीय नेताहरुको उपस्थितिमा शोकसभा गरिएको छ ।
केन्द्रीय सदस्य डा. शेखर कोइराला र गगन थापाको उपस्थितिमा हुने भनिएको सभा स्थगित गरिएको हो ।
