बागेश्वरी मन्दिरको सटरभाडा बक्यौता उठाउन सुरु

३ चैत्र २०७४, शनिबार १७:४८
 

सदरलाइनडटकम
३ चैत, नेपालगन्ज  : नेपालगन्जको बागेश्वरी मन्दिरको सटर भाडावाफतको बक्यौता उठाउने कार्यलाई बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले तीव्रता दिएको छ । समितिले दुई महिनाको अवधिमा २४ लाख ८० हजार बक्यौता उठाएको समितिका सचिव गोपाल अधिकारीले जानकारी दिए ।
मन्दिरको सटरभाडामा लिएर लामो समयसम्म रकम नतिर्ने पसल धनीहरुलाई  यही चैत २४ गतेसम्म भाडा बुझाउन अल्टिमेटम दिइएको छ । त्यसैगरी मन्दिरको आयस्रोत वृद्धिका लागि सटरभाडा बढाउने तयारीमा समेत समिति पुगेको छ ।
मन्दिरका साढे दुई दर्जन सटरभाडामा दिइएको छ । कुनै सटर १ हजार ५ सयमा कुनै सटर १४ हजारसम्ममा भाडामा दिइएको पाइएकाले त्यसको मापदण्ड समेत तय गर्ने तयारीमा मन्दिर व्यवस्थापन समिति पुगेको हो ।
केहीदिन अघि मात्र जिल्ला मालपोत कार्यालय बाँकेमा राखेको तिजोरी खोलेर मन्दिरको चलअचल सम्पत्तिको नयाँ अभिलेख कायम गरिएको थियो ।

बागेश्वरी मन्दिरको खजाना खोलियो अपेक्षा गरे अनुसारको सम्पत्ति भेटिएन


Next Post

सुजोक थेरापी सेवा प्रदान

३ चैत्र २०७४, शनिबार १७:४८
सदरलाइनडटकम ३ चैत, नेपलागन्ज : नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको उपचार पद्धतीका बिषयमा जानकारी दिने उदेश्यले शनिबार नेपालगन्जकोे साईकेन्द्रमा बिशेष उपचार पद्धती शिविर आयोजना गरिएको छ । सुजोक थेरापी पद्धतीबाट नशा तथा नशाजन्य रोगबाट उपचार कसरी गरिन्छ भन्ने बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सपना भट्टराईले जानकारी दिएकी छनु […]