परसपुरका ६ जना महिलामा पाठेघरको ‘क्यान्सर’

सदरलाइन संवाददाता १४ जेष्ठ २०८०, आईतवार १५:२२
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरका ६ जना महिलामा क्यान्सर पोजेटिभ पाइएको छ । परसपुरका १८० जना महिलाको पाठेघर परीक्षण गर्दा ६ जना महिलामा क्यान्सर पोजेटिभ पाइएको हो । भने अन्य १३ जना महिलामा पाठेघर खस्ने समस्या भेटिएकोछ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर इन्द्रनिल घोष नेतृत्वको कान्ति आरोग्य अस्पतालको मेडिकल टोलीले पाठेघर परीक्षण गर्दा उक्त समस्याबाट ग्रसित महिला फेला परेका हुन् ।

समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न नेपालगन्ज उपमहानगरपालिकाद्वारा आयोजित निःशुल्क शिविरमा आएका ती महिलामा क्यान्सर पोजेटिभ पाइनुका साथै पाठेघर खस्ने समस्याबाट ग्रसित महिलालाई थप उपचारका लागि रिफर समेत गरिएको छ ।


क्यान्सर ‘पोजेटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रेफर गरिएको हो । पाठेघरको क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने हुन्छ । कान्ति आरोग्य अस्पतालकी निर्देशक डाक्टर रोमा बोराले महिलाहरुले आफ्नो पाठेघरको अवस्था बारेमा बेला–बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण गर्नमा जोड दिइन् ।

नेपालगञ्जको वडा २,९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्य योजना बनेकोमा हालसम्म वडा नम्बर ९, १२, १७, १९ र २० मा शिविर सम्पन्न गरिएको नगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको व्यवस्था

१४ जेष्ठ २०८०, आईतवार १५:२२
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि ८० वटा पोखरीमा पानीको ब्यवस्था गरिएको छ । अत्यधिक गर्मीसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले पोखरीमा पानीको ब्यवस्था गरेको हो । पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेण्डपम्पको ब्यवस्था गरेको निकुञ्जका प्रमुख […]