बिन्दु कुँवरलाई अईडल बनाउन भोटिङ्ग गर्ने आज अन्तिम दिन

१६ पुष २०७३, शनिबार ०४:३९
 

सदरलाइनडटकम  
१६ पुस, नेपालगन्ज : ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को टप फाईभमा पर्न सफल भएकी बिन्दु कुँवर ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि भोटिङ्ग गर्ने आज राति १२ बजे सम्म रहेको छ । महिला तथा बालबालिका कार्यालय बाँकेमा विगत १३ वर्षदेखि महिला विकास निरिक्षकको रुपमा कर्यरत रहेकी बिन्दु ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को भोटिङ्गमा केही मतले दोस्रो स्थानमा छन ।
उनलाई आफ्नो मोबाईलबाट म्यासेज गरी वा ईन्टीग्रेटीआईडलको वेभ साईटबाट भोटिङ्ग गर्न सकिने भएकोले उनलाई ईन्टीग्रेटीआईडल बनाउन एक भोट गरि सहयोग गर्नको लागि अपिल गरिएको छ ।
बिन्दुलाई ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि आफ्नो मोबाईल सेटको म्यासेज बक्समा गएर IIN स्पेस 02थिचेर 34001 मा पठाउन सकिने छ । वा अनलाईनमा www.integrityidol.org   पुगेर भोटिङ्ग गर्न सकिन्छ । आज राति १२ बजे सम्म भोटिङ्ग लाईन खुला रहने छ
लैङ्गिक हिंसा विरुद्ध होस वा घरेलुहिंसाका विरुद्ध आफुलाई खरो रुपमा प्रस्तुत हुदै पीडितलाई न्याय तथा उपचारको क्षेत्रमा अहोरात्र खटिएर सेवा दिदै आएकी कुँवर हाल महिला विकास निरिक्षकको रुपमा महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत छन् ।
निजामती सरकारी कर्मचारीका बीचबाट आफ्नो कार्य क्षेत्रमा निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गर्दै छनौट गरी उनीहरुका बिचबाट ईन्टीग्रेटीआईडल नेपाल–२०७३ घोषणा गरिने कार्यक्रममा उनी छनौटमा परेर पनि टप फाईभमा परेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ वर्षमा नेपालगन्ज र कोहलपुरमा विभिन्न कार्यक्रम आयोजना गरिदै

१६ पुष २०७३, शनिबार ०४:३९
आयोजकले प्रहरीसंग समन्वय नगर्दा सुरक्षाको कारण १० बजेदेखि नै प्रहरीले कडाई गर्ने सदरलाइनडटकम ,  १६ पुस नेपालगन्ज : डिसेम्बर ३१ ईस्वी संवतको नयाँवर्ष मनाउन योजनामा रहेकाहरुका लागि नेपालगन्ज र कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।  ईस्वी सम्बतको नयाँ वर्ष शनिबार राति १२ बजेदेखि सुरु हुने भएकोले नयाँ सालको […]

सम्बन्धित