कोरोना प्रभावितलाई रुम टु रिडको खाद्यान्न तथा स्वास्थ्य सामाग्री

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १२:२५
 


कोहलपुर (बाँके) : बाँकेका कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रम अन्तरगत सो सामाग्री सहयोग गरेको हो ।

मगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्याल, रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्य, कार्यक्रम सहायक बसन्ती शाही लगायतले सो सामाग्री हस्तान्तरण गरेका हुन ।

कोहलपुर नगरपालिकाका बिभिन्न वडामा रहेका अति बिपन्न २९ घर परिवारलाई सो सामाग्री सहयोग गरिएको रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक आचार्यले बताए । मंगलबार नै बैजनाथ गाँउपालिकाका १६ र राप्तीसोनारी ढकेरीका १० जना अति बिपन्न घरपरिवारलाई पनि सो सामाग्री सहयोग गरिएको थियो ।


वितरण गरिएको सामाग्रीमा प्रत्येक घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, २ किलो च्युरा, ६ वटा साबुन र ५० थान मास्क रहेको कार्यक्रम सहायक बसन्ती शाहीले जानकारी दिईन ।

सो अवसरमा बोल्दै शिक्षा प्रमुख पौड्यालले कोभिडले गर्दा अतिनै प्रभावित भै समस्यामा परेका घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेर रुम टु रिडले प्रशंसनीय काम गरेको बताए । त्यसैगरि बाँकेकै खजुरामा बसोबास गर्ने अति बिपन्न १५ घर परिवारलाई पनि बुधबार खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिने तयारी गरेको रुम टु रिडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु

१६ असार २०७८, बुधबार १२:२५
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगञ्ज र चन्दनाथका महिला र पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट केन्द्र बाँकेले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ की ७२ वर्षीया महिलाको बुधवार दिउँसो मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि असार ३ गते नेपालगञ्ज मेडिकल कलेज […]