सदरलाइनडटकम,
दाङ : करीब आठ लाख मूल्य बराबरको सालको अवैध काठ दाङमा बरामद गरिएको छ । बबई गाउँपालिकास्थित सामुदायिक वनबाट उक्त काठ बरामद गरिएको हो ।
वन क्षेत्रमा काटेर राखिएको अवस्थामा २ सय ७८ दशमलव ८८ क्यूफिट काठ वरामद गरिएको पुरन्धारा सवडिभिजन वन कार्यालयले जनाएको छ । काटेर बिभिन्न स्थानमा राखिएको अवस्थामा वन समूहका उपभोक्ता, वनका पदाधिकारी र वन कर्मचारीको सक्रीयतामा बरामद गरिएको काठमाथि अनुसन्धान भईरहेको वन कार्यालयका प्रमुख कमल पुनले जानकारी दिए ।
काठ काट्ने कार्यमा संलग्न रहेको भन्दै वनका उपभोक्ता राजु केसीलाई ५६ हजार नगद र पाँच बर्षसम्मका लागि उपभोक्ता नरहने गरि कारबाही गरिएको वन समूहका सचिव मोहन थापाले बताए । वन समिति, उपभोक्ता र वनका कर्मचारीको संयुक्त बैठकले कारवाही गर्ने निर्णय गरेको हो ।
