बाँकेमा शुक्रवार ९३ संक्रमित थपिँदा ७८ डिस्चार्ज

सदरलाइन संवाददाता १४ माघ २०७८, शुक्रबार १४:०९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६० जनाको पीसीआर परीक्षण गर्दा ९३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ९० जनाको नमुना जाँच गर्दा ५७, मेडिकल कलेज कोहलपुरमा ५४ जनाको नमुना जाँच गर्दा ३१ र बागेश्वरी ल्यावमा १६ नमुना जाँच गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमणपुष्टि भएकामध्ये बाँकेका ६१ जना छन् । यस्तै आज थप ७८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

लागुऔषधसहित नेपालगञ्जबाट तीन जना पक्राउ

१४ माघ २०७८, शुक्रबार १४:०९
नेपालगञ्ज : प्रतिबन्धित लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । विरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेतका ४९ वर्षीय बालकृष्ण गिरी र सोही ठाउँका संजय खत्री कोरेक्स र नाइट्रोजेपाम ट्याबलेटसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट २५ बोतल कोरेक्स र ३५ ट्याबलेट नाइट्रोजेपाम बरामद भएको बाँके प्रहरीले जनाएको छ । […]