सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा र नरैनापुर गाउँपालिकामा अत्याधुनिक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रतिबद्वता जनाएकी छन् ।
बिहीबार राप्तीसोनारीको बिनौनामा साकार कृषि सहकारी संस्थाको सातौ बार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद नमुनाले राप्तीपारीलाई कृषिजन्य बस्तु उत्पादनको हब बनाइने प्रतिबद्वता जनाएकी हुन ।
उनले सो अवसरमा बिशेष गरी यस क्षेत्रका किसानलाई नै लक्षित गरेर प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिदै त्यसको सदुपयोग यहाँका कृषकहरुले गर्नुपर्ने दाबी गरिन ।
कृषकहरुलाई नै लक्षित गरेर अत्याधुनिक कृषि उपज संकलन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढिसकेको प्रदेश सांसद नमुनाले जानकारी दिदै केही बर्षभित्र कृषि उपज संकलन केन्द्र स्थापना भएसक्ने र त्यसपछि किसानहरुले उत्पादन गरेका कृषिजन्य साम्रगीले स्थानीय ठाउँमा नै राम्रो बजार पाउने आशा गरिन ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ को कमैया डाँडा र नरैनापुरमा कृषि उपज संकलन केन्द्र निर्माणको लागि प्रदेश सरकारले बजेट छुट्याईसकेको बताउदै छिट्टै नै प्रक्रिया पु¥याएर निर्माण कार्य थालिने जानकारी दिईन ।
उनले आफुले निकै पहल गरेर अत्याधुनिक कृषि उपज संकलन केन्द्रको लागि प्रदेशबाट यसै आर्थिक बर्षमा बजेट पार्न सफल भएको भन्दै प्रदेश सांसद नमुनाले निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन ।
अहिले यस क्षेत्रका कृषकहरुले उत्पादन गरेका साम्रगीलाई बजारसम्म पु¥याउन गाह्रो छ, उनले भनिन, संकलन केन्द्र स्थापना भएपछि कृषीजन्य बस्तुहरुले बजार पाउनुका साथै आयआर्जनमा समेत सघाउ पुग्नेछ ।
संकलन केन्द्र नहुँदा जिल्लाको विकट क्षेत्र मानिएको राप्तीपारी क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषिजन्य बस्तुले राम्रो बजार पाउने गरेका छैनन् । फत्तेपुरको कमैयाडाँडा र नरैनापुरमा अत्याधुनिक संकलन केन्द्र स्थापना भएपछि कृषिजन्य बस्तुले बजार पाउने आशा कृषकहरुले गरेका छन् ।