८९ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक राई पक्राउ

१३ कार्तिक २०७५, मंगलवार १८:२८
 

सदरलाइनडटकम
नेपालगञ्ज  : प्रहरीले भारतीय नागरिकलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । लागू औषध अनुसंधान ब्युरो शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलबार साँझ सवा ४ बजे नेपालगन्जको चौलिक्का चोकबाट भारत रुपैडिहाका १८ बर्षिय सायर आलम राईलाई नियन्त्रणमा लिएको हो ।
रुपैडिहाबाट ८९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर लिएर नेपालगन्ज आउदै गरेका राईलाई सुराकीको आधारमा ब्यूरोको टोलीले मंगलबार संाँझ सवा ४ बजे चौलिक्का चोकबाट नियन्त्रणमा लिएको हो ।
बरामद लागू औषध ब्राउन सुगर प्रहरीका अनुसार विगत एक वर्ष यता कै सबै भन्दा ठूलो परिमाणको भएको बताईएको छ ।
पक्राउ परेका आलमलाई आवश्यक अनुसंधानको लागि बरामद लागू औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको लागू औषध अनुसंधान ब्युरो शाखा कार्यालय नेपालगन्ज निकट स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दाफाँटका ईन्चार्ज प्रहरी निरिक्षक रणबहादुर विष्टले राईका साथबाट ८९ ग्राम ब्राउन सुगर बरामद भएको र उनीमाथि लागू औषध कारोबार ऐन अन्तरगत अनुसंन्धान र कारहवाही हुने बताए ।

Next Post

क्षेत्रीय अस्पतालको नाम कर्णाली प्रदेश अस्पताल

१३ कार्तिक २०७५, मंगलवार १८:२८
सदरलाइनडटकम, सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल औपचारिकरूपमा कर्णाली प्रदेश सरकारको मातहतमा आएको छ । मध्यपश्चिम क्षेत्रिय अस्पतालको रूपमा सेवा प्रवाह गर्दै आएको अस्पतालले अब कर्णाली प्रदेश अस्पतालका रूपमा सेवा प्रवाह गर्नेछ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार औपचारिकरूपमा कर्णाली प्रदेशको केन्द्रीय अस्पतालको रुपमा उक्त उदघाटन गरेका छन् । कार्यक्रममा […]

सम्बन्धित