नवलपरासीमा बस दुर्घटना, ११ घाईते

१० कार्तिक २०७५, शनिबार १४:३९
 

सदरलाइनडटकम,
नवलपरासी : बर्दियाबाट काठमाण्डौका लागि छुटेको बस शनिवार बिहान नवलपरासीमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ को अरुणखोलमा बिहान बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
ना ६ ख ८४३९ नम्बरको बस सडक छेउमा रोकिराखेको ना ६ ख ५९२ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका सबै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

Next Post

तुलसीपुरमा पुरुषको शव भेटियो

१० कार्तिक २०७५, शनिबार १४:३९
सदरलाइनडटकम, दाङ : दाङमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ सिद्धेश्वरी टोल नजिकै करीब ५० बर्षीय पुरुषको शव भेटिएको हो । शव सडिसकेकाले एकहप्ता अघिको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार कोही नबस्ने खाली घरमा […]

सम्बन्धित