सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।
भक्तपुरमा जारी ३८औं नेपाल भाषा साहित्य तःमुंज्या सम्मेलनमा मंगलवार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए । बिजुक्छेले घटनाको शुरुदेखि नै प्रमाणहरु नष्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)