वर्ल्डलिंकको रिपिटर टावरमा तोडफोड हुँदा इन्टरनेट सेवा अवरूद्ध

६ कार्तिक २०७५, मंगलवार १४:५५
 

सदरलाइनडटकम,
सल्यान : वर्ल्डलिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमवार राति तोडफोड हुँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ । वर्ल्डलिंक इन्टरनेटको कपुरकोट ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावर रहेको कोठाको ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण चोरेको वर्ल्डलिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले बताए । घटनाबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।

Next Post

निर्मला हत्याकाण्डका दोषीलाई कारबाही गरिए सरकार ढल्छ : बिजुक्छे

६ कार्तिक २०७५, मंगलवार १४:५५
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् । भक्तपुरमा जारी ३८औं नेपाल भाषा साहित्य तःमुंज्या सम्मेलनमा मंगलवार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए । […]