सदरलाइनडटकम,
सल्यान : वर्ल्डलिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमवार राति तोडफोड हुँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ । वर्ल्डलिंक इन्टरनेटको कपुरकोट ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावर रहेको कोठाको ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण चोरेको वर्ल्डलिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले बताए । घटनाबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)