आयुर्वेद चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

सदरलाइन संवाददाता २८ जेष्ठ २०७८, शुक्रबार ११:३७
 

नेपालगञ्ज : कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएकोप्रति नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ती जारी गरि दोषीलाई पक्राउ गरेर कानुनी कारवाही नभए सडक आन्दोलनको चेतावनी समेत दिएको छ ।

प्रदेश आयुर्वेद औषधालयमा संचालिन आइसोलेसनमा कार्यरत कार्यालय प्रमुख डा शंकरप्रसाद रिजाल, डा. यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि अपरिचित युवाहरुको समूहले सांघातिक आक्रमण गरेको संघले जनाएको छ ।


बाटो ढुकेर बसेका १५ १६ जनाको समूहले सुनियोजितरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा बाढीले बगाउँदा एक बेपत्ता

२८ जेष्ठ २०७८, शुक्रबार ११:३७
दैलेख : बिहीबार परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भैरवी गाउँपालिका–२ का ५० वर्षीय केशर बहादुर थापा रहेका छन् । धानको ब्याड राखी घर फर्किने बेला एक्कासि वर्षासँगै स्थानीय परिगार्ड खोलामा आएको बाढीले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले […]