चिनियाँ राष्ट्रपतिद्वारा ‘मेगा ब्रिज’को उदघाटन

६ कार्तिक २०७५, मंगलवार १४:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : चीनका राष्ट्रपति सि चिनपिङले समुद्रमाथि बनेको विश्वकै लामो ‘मेगा ब्रिज’ को मंगलवार उदघाटन गरेका छन् । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ ।
चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समय कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको हो । समुद्रमाथि निर्मित पुल ५५ किलोमिटर लामो छ । उदघाटन समारोहमा मकाउ र हङकङका उच्चस्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।
अर्बौं डलरको लगानीमा बनाइएको पुल सार्वजनिकरुपमा खुल्ला भएपछि हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ । चीनका उपप्रधानमन्त्री हान जेङले पुलको निर्माण विकासको एउटा पाटो भएको बताए ।
मेगा ब्रिजले हङकङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिकलगायतका सञ्जालसँग जोड्ने जेङले उल्लेख गरे । चीनद्वारा निर्मित हङकङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङकङलाई जोड्ने द्रुत गतिको रेल निर्माण गरी सञ्चालन गरेको थियो ।


(एजेन्सीको सहयोगमा)

Next Post

वर्ल्डलिंकको रिपिटर टावरमा तोडफोड हुँदा इन्टरनेट सेवा अवरूद्ध

६ कार्तिक २०७५, मंगलवार १४:४२
सदरलाइनडटकम, सल्यान : वर्ल्डलिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमवार राति तोडफोड हुँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ । वर्ल्डलिंक इन्टरनेटको कपुरकोट ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि इन्टरनेट सेवा अवरुद्ध भएको हो । टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा […]

सम्बन्धित