पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

सदरलाइन संवाददाता ८ चैत्र २०७८, मंगलवार १८:२७
 

काठमाडौं : क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे । शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।


दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चालु आर्थिक वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु

८ चैत्र २०७८, मंगलवार १८:२७
नेपालगञ्ज : बाँकेमा चालू आर्थिक वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो । गएको वर्ष क्षयरोगबाट ३७ जनाको मृत्यु भएको थियो । यस्तै चालू आर्थिक वर्षकोे ६ महिनामा ४९४ […]