सदरलाइनडटकम,
पोखरा : जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले थापालाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै विपक्षीसँग पाँच लाख घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले बताए । सूचनाका आधारमा मंगलवारदेखि आफुहरु अनुसन्धानमा रहेको भन्दै उनले बुधवार सहन्यायाधिवक्ता थापालाई बिहान पौने ९ बजे कार्यालयबाटै पक्राउ गरिएको जानकारी दिए ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)