डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

सदरलाइन संवाददाता २९ बैशाख २०७९, बिहीबार १७:०२
 

नेपालगञ्ज : कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वी चौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१–००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालक र सहचालक भने फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार रातिदेखि सवारी सधान सञ्चालन गर्न नपाइने

२९ बैशाख २०७९, बिहीबार १७:०२
नेपालगञ्ज : शुक्रबार हुने मतदानका लागि बिहीवार रातिदेखि सवारी सधान बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बिहीवार राति १२ बजेदेखि शुक्रबार साँझ ६ बजेसम्म सवारी सधान सञ्चालन गर्न पाइने छैन । तर जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी सधान, एम्बुलेन्स, खानेपानी, दमकल, दुध बोक्ने ट्यांकर, फोहोरमैला उठाउने […]