कोहलपुरमा बाघले खोरमै गएर बाख्रा खायो

सदरलाइन संवाददाता २८ आश्विन २०८०, आईतवार १५:०८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका १३ भरैयामा बाघले खोरमै गएर बाख्रा मारेको छ । वडा नं. १३ का शसिराम वली र नैने रानाका १४ वटा बाख्रालाई खोरमै गएर मारेको हो ।

कोहलपुर नगरपालिका वडा नं. १३ का वडा सदस्य बलबहादुर घर्तीले राती बाघले खोरबाट तानेर केही बाख्रा मारेर छाडेको छ भने केही आधा खाएको बताए । घर्तीका अनुसार ८ वटा खसी र अन्य बाख्रा रहेका छन् । अझै ४ वटा बाख्रा भेटिएका छैनन् ।


बर्षौंदेखि दुःख गरी पालेको सम्पत्ति यसरी रातारात साखाप पारेपनि राष्ट्रिय निकुञ्जले ध्यान नदिएको वडा सदस्य घर्तीले आरोप लगाए ।

यस्तै वडाध्यक्ष डम्बर बहादुर खड्काले कृषकहरुको जिविकोपार्जनसँग जोडिएकाले केन्द्र र प्रदेश सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका दुई वरिष्ठ स्रष्टा सम्मानित

२८ आश्विन २०८०, आईतवार १५:०८
नेपालगञ्ज : विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशले नेपालगन्जमा कृति विमोचन, विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाँकेका १४ जना लघु कथाकारहरूद्वारा संयुक्त रूपमा तयार पारिएको बाँकेका प्रतिनिधि लघुकथाहरू नामक लघुकथा सङ्ग्रहको विमोचन गरिएको थियो । नेपाल प्रज्ञा […]