सदरलाइनडटकम,
काठमाण्डौ : शनिवार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै शनिवारै बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यासँगै कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यसैगरी उपचारपछि निको भएर ३६ जना घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

