प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान

१६ आश्विन २०७५, मंगलवार १५:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।
युनिभर्सिटी अफ पिसु कार्यक्रममा सम्बोधन गर्दै उनले शान्ति युद्धको अभाव नभई जबरजस्ती मौनता या घर्षणको सहष्णिुता भएको बताए । प्रधानमन्त्री ओलीले यो राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकरूपको फराकिलो आयामसमेत भएको जिकिर गरे । राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गरेका थिए ।
उनी असोज १४ गते कोस्टारिकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका हुन् । कोस्टारिकामा विभिन्न विकासका आयोजनाको अवलोकन गर्दै प्रधानन्त्री ओलीले हावाबाट बिजुली र पिरिस ड्यामबारे पनि जानकारी लिएका छन् । कोस्टारिकाको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बुधवार स्वदेश फर्किने कार्यक्रम छ ।

Next Post

अन्नुका हत्याभियुक्त जेल चालान

१६ आश्विन २०७५, मंगलवार १५:५३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्याअभियुक्तलाई पुर्पक्षका लागि कारागार चालान गरिएको छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेलीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चालान गरेको हो । मुद्दाको सुनुवाई गर्दै बाँके अदालतका […]