अन्नुका हत्याभियुक्त जेल चालान

१६ आश्विन २०७५, मंगलवार १६:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्याअभियुक्तलाई पुर्पक्षका लागि कारागार चालान गरिएको छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेलीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चालान गरेको हो ।
मुद्दाको सुनुवाई गर्दै बाँके अदालतका न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले सोमवार उनीहरुलाई कारागार पठाएको हो । भदौ १४ गते राति हत्या भएको अन्नुका आफन्तले पोष्टमार्टम रिपोर्टमार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको यसअघि आरोप लगाएका थिए ।
भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा मर्यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो ।
पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको भन्दै माइतीपक्षले नालीमा डुवेर मर्ने पानीनै नभएकाले यस्तो रिपोर्ट दबाव या कसैको प्रभावमा बनाइएको गुनासो गरेको थिए । सासु धनदेई र गाउँकै तेलीबीच अवैध सम्बन्धबारे जानकारी पाएका कारण अन्नुको हत्या गरिएको माइती पक्षको आरोप छ ।

Next Post

चौध बर्षीया किशोरी बलात्कृत, पैंसठ्ठी बर्षीय बृद्ध पक्राउ

१६ आश्विन २०७५, मंगलवार १६:४०
सदरलाइनडटकम, नेपालगञ्ज : किशोरीलाई बलात्कार गरेको आरोपमा नेपालगञ्जमा एक बृद्ध पक्राउ परेका छन् । एक १४ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका १८ का ६५ बर्षीय बृद्ध पक्राउ परेका हुन् । बृद्धले आइतवार दिउँसो किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले सोमवार विहान प्रहरीमा किटानी जाहेरी दिएपछि […]