एकसाता अघि बेपत्ता सल्मानी मृत भेटिए

७ फाल्गुन २०७४, सोमबार १९:४१
 

सदरलाइनडटकम  
७ फागुन, नेपालगन्ज  : एक साताअघि बेपत्ता भएका नेपालगन्ज–४ सल्यानी बंगलाका अन्दाजी ५० बर्षिय मुबारक सल्मानी मृत अवस्थामा फेला परेका छन । उनी यही फागुन एक गते घरबाट सम्पर्क बिहीन भएको पारिवारिक निकट स्रोतले जनाएको छ ।
एक सातापछि नेपालगन्ज–४ को नालामा कुहिएर सडेको अवस्थामा सल्मानीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थित सल्यानी बगंलामा रहेको नालाको पुलमुनी सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
पुलमुनी नालामा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । धेरै मादक पदार्थ सेवन गर्ने गरेका नाउको मादक पदार्थ सेवन गरेका बेला खसेर मृत्यू भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पारिवारिक स्रोतका अनुसार नाउँ फागुन १ गतेदेखि सम्पर्कबिहीन भएका थिए ।

Next Post

एपिएफले चुम्यो पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलको उपाधी

७ फाल्गुन २०७४, सोमबार १९:४१
सदरलाइनडटकम  ७ फागुन नेपालगन्ज  :  नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरीको विभागिय टिम ‘एपीएफ’ले चुमेको छ । सोमबार नेपालगन्ज कभर्डहलमा भएको उपाधि भिड्न्तमा एपीएफले शिवम् न्यु डायमण्ड एकेडेमीमाथी ३–२ को कठिन जित निकाल्दै कप चुमेको हो । शिवम् न्यूडायमण्डले पहिलो सेटमा २५–१२ सहज जित […]