संस्कृत विश्वविद्यालयको ताला खुल्यो

१५ कार्तिक २०७६, शुक्रबार १५:४४
 

सदरलाइनडटकम,
दाङ : दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाईएको ताला खुलेको छ । गत असोज २७ गते दाङमा क्रियाशील विद्यार्थी संगठनहरुले लगाएको ताला शुक्रवार भएको वार्तापछि खुलाईएको हो ।
विभिन्न माग राख्दै विद्यार्थीहरुले पूर्व माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारी, पूर्व एमाले निकट अनेरास्वबियु तथा नेपाली कांग्रेस निकट नेबिसंघ दाङले तालाबन्दी गरेका थिए । उक्त तालाबन्दीको विश्वविद्यालयका वार्ता समितिका संयोजक डा. हिमलाल पन्थी, सदस्य सचिब बिनयकुमार पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, अखिल क्रान्तिकारीका केन्द्रीय सचिब बिष्णु चौधरी, नेबिसंघ दाङका कार्यबहाक सभापति टोपबहादुर बुढाथोकी, सदस्यहरु घनश्याम भण्डारी, अरुण लहरे, किरण केसी, बिदुर गौतमसहित बसेको वार्ताले बिभिन्न सहमति गरेपछि ताला खोलिएको हो ।
विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठमा कातिक १७ गतेसम्म निमित्त प्राचार्य नियुक्ति गर्ने, विश्वविद्यालयका निर्माण कार्य टेण्डर मार्फत गर्ने, विश्वविद्यालयको केन्द्रीय परिसरमा जडिबुटी उद्यान निर्माण गर्ने, समय सापेक्ष पाठ्यक्रम निर्माण र परिमार्जन गर्ने, आयुर्वेद शिक्षण अस्पताल र प्रयोगशालाको ब्यबस्था गर्ने सहमति भएपछि ताला खोलिएको हो ।
साथै विश्वविद्यालयका नवनियुक्त पदाधिकारी आएमा विद्यार्थी, राजनीतिक दललगायतसंग छलफल गर्ने पनि सहमति भएको हो । विश्वविद्यालयमा पटक–पटक तालाबन्दी हुने गरेको छ । जसले गर्दा पबित्र थलोलाई नै धुमिल्याएको सरोकारवालाहरुको भनाई छ ।

Next Post

बस दुर्घटनामा २१ घाइते

१५ कार्तिक २०७६, शुक्रबार १५:४४
सदरलाइनडटकम, खजुरा (बाँके) : बर्दियाको गुलरियाबाट नेपालगञ्ज आउदै गरेको यात्रुबाहक बस बाँकेको खजुरागाँउपालिका खजुरा बजार नजिक किरणनालामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको सो बस शुक्रबार साँझ करिव सवा ४ बजे किरणनालामा खसेर दुर्घटना भएको हो । दुर्घटना लगत्तै […]