बञ्चरो प्रहार गरी आफ्नै छोराको हत्या

७ आश्विन २०७५, आईतवार १३:५८
 

सदरलाइनडटकम,
कैलाली : कैलालीमा एक बुवाले आफ्नै छोराको हत्या गरेका छन् । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिवार राति ७५ वर्षीय बुवा पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारमाथि बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादका कारण बुवाले छोरामाथि बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए । दैनिक मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई बेवास्ता गरेपछि विवाद हुँदा आवेगमा बुवा पहलेले बञ्चरो प्रहार गरेको बुझिन आएको उनले जानकारी दिए ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते लुहारलाई उपचारका लागि टीकापुर अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । लुहारको उपचारकै क्रममा राति भएको प्रहरीले बताएको छ । बञ्चरो प्रहार गर्ने बाबुलाई नियन्त्रणमा लिई अुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक वलीले बताए ।

Next Post

श्रद्धा र भक्तिपूर्वक आइतवार गणेश प्रतिमा सेलाईंदै

७ आश्विन २०७५, आईतवार १३:५८
सदरलाइनडटकम, नेपालगञ्ज : श्रद्धा र भक्तिपूर्वक आज गणेश विसर्जन गरिँदैछ । देशभरमा राखिएको गणेश मूर्तिलाई विसर्जनका दिन गणपतिको विसर्जन गरिन्छ । गणेश चतुर्थीका दिन बाँकेसहित देशभरमा राखिएको गणेश मूर्तिको १० दिनसम्म पूजाआजा गरी अनन्त चतुर्दशीका दिन विसर्जन गर्ने परम्परा रहेको छ । नेपालगञ्जलगायत आसपासका क्षेत्रमा राखिएको गणेश प्रतिमालाई सेलाउनका लागि बाजागाजाका […]