सरकारबाट बाहिरियो समाजवादी पार्टी

८ पुष २०७६, मंगलवार १६:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारमा सहभागी संघीय समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।
पार्टीको मंगलवार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन पनि दिएको छ । सरकारमा संघीय समाजवादीबाट अध्यक्ष यादव र मोहम्मद इश्तियाक राई सहभागी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका यादवले संविधान संशोधनको प्रस्ताव पेस गर्न खोजेका थिए ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको प्रस्ताव अस्वीकार गरेका थिए । मंसिर ३ गते प्रधानमन्त्री ओलीले यादव विदेश भ्रमणमा रहेका बेला मन्त्रालय नै हेरफेर गरिदिएका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका यादवलाई त्यसबेला कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । राई भने शहरी विकासमन्त्री थिए ।
केही दिनअघि राष्ट्रिय जनता पार्टीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को राष्ट्रिय सभा चुनावमा एकता गर्ने सहमति गरेपछि सरकारमा सहभागी समाजवादी पार्टी असन्तुष्ट बनेको थियो ।

Next Post

नक्कली नोटसहित चार बंगलादेशी पक्राउ

८ पुष २०७६, मंगलवार १६:१९
सदरलाइनडटकम, काठमाण्डौ : नक्कली नेपाली रुपैयाँसहित मध्यपुर थिमि १ लोकल्थलीबाट ३ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशको नेत्रकुना घर भई हाल मध्यपुर थिमि १ लोकल्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा कार्यरत ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा र बंगलादेशको फरिदपुर घर भएका […]

सम्बन्धित