बाँकेका आईशोलेशनमा २३ जना संक्रमित मात्रै

२० असार २०७७, शनिबार ०८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेमा कोबिड–१९ नोबल कोरोना भाईरसका संक्रमित १९ गते शुक्रबार २३ जनामात्र रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जानकारी अनुसार जिल्लामा ३ सय ६३ जना कोरोना पोजेटिभ भएकोमा ३ सय ३८ जनाले कोरोना जितेर घर फकिएका छन । भने दुई जना संक्रमितको मृत्यु भएको छ ।

उनले जिल्लामा रहेका विभिन्न क्वारेन्टाईनमा २ सय ७० जना बस्दै आएको जनाए । बाँकेमा कोरोना परिक्षणको लागि पिसिआर पद्धतीबाट ७ हजार ३ सय ९४ जनाको जाँच गरिएको छ । भने आरडिटी पद्धतीबाट ८ हजार ९ सय ४ जनाले कोरोना परिक्षण गराएका छन् ।

Next Post

भारतबाट घरफर्कने नेपालीको संख्या घट्दो

२० असार २०७७, शनिबार ०८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : लकडाउनको बेलामा भारतबाट जमुनाह नाका हुँदै आउनेको संख्या बिस्तारै घट्न थालेको छ । सुरुका दिनमा दैनिक २ हजार बढी दैनिक आउने गरेको सो नाकाबाट अहिले भने ३ सयको हाराहारीमा आउने गरेको पाईएको छ । भारतबाट आउने नेपालीलाई सीमा क्षेत्रमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरमा राखेर उनीहरुलाई प्लान नेपालको […]