बलात्कार अभियोगमा बर्दियामा एक वृद्ध पक्राउ

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १६:५२
 

बर्दिया : बर्दियामा चार वर्षिया नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा ७९ वर्षका पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेमबहादुर शाहीका अनुसार राजापुर नगरपालिकाकी चार वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।


मंगलबार मध्यान्न १२ बजे ती पुरुषले नाबालिका जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा गएको टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । पक्राउ परेका व्यक्ति उपर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १७४ थपिँदा ५२३ जना कोरोनामुक्त भई डिस्चार्ज

५ जेष्ठ २०७८, बुधबार १६:५२
नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका १ सय ७४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल २ सय ५५ जनामध्ये ८१ र बागेश्वरी ल्याबमा १ सय ८९ जनाको परिक्षण गर्दा ९३ जना गरी बाँकेमा १ सय ७४ जनामा संक्रमणको पृष्टि भएको छ । बुधवार […]