घरेलु हिंसाका दिनहुँ बढ्दै, पीडित हुनेमा महिला नै बढी

१६ मंसिर २०७६, सोमबार १८:२९
 

सदरलाइन / लक्ष्मी तिमलसेना
नेपालगञ्ज  : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाई रहँदा पछिल्लो समय बाँकेमा महिला माथि हुने हिंसाका घटनाहरु बढ्दो क्रममा छन् । लैङ्गिक हिसांका घटनाहरु मध्ये धेरैजसो घटनामा पीडित महिला हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेवा केन्द्र (सेल)का प्रमुख प्रहरी सहायक निरिक्षक श्याम कुमारी पाईजाले बताईन् ।
उनले महिला हिंसा भित्र पनि घरेलु हिंसाका घटना बढी आउने गरेको जानकारी दिईन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्म २ सय २ वटा घरेलु हिंसाको ठाडो उजुरी परेका छन् जसमा सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना १ सय ७६ वटा घटना थिए । आर्थिक बर्ष २०७५/७६ मा भने उजुरीको संङख्या बढेर ७ सय ११ पुग्यो । जसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना ५ सय १२ वटा घटना रहेका छन् ।  आर्थिक बर्ष २०७४/७५ मा ४ सय ८३ वटा घरेलु हिंसाको ठाडो उजुरी परे, यी मध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना ३ सय ८ वटा घटना थिए ।
जिल्ला प्रहरी कार्यलय बाँकेका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान श्रीमती झगडा, सासु बुहारी बिचको झगडा, देवरानी जेठानी र अन्य बिचमा भएको झै झगडाका घटनाहरु हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्म २ सय २ वटा घरेलु हिंसाको ठाडो उजुरी परेका छन् जसमा सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना १ सय ७६ वटा घटना थिए । आर्थिक बर्ष २०७५/७६ मा भने उजुरीको संङख्या बढेर ७ सय ११ पुग्यो । जसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना ५ सय १२ वटा घटना रहेका छन् । आर्थिक बर्ष २०७४/७५ मा ४ सय ८३ वटा घरेलु हिंसाको ठाडो उजुरी परे, यी मध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना ३ सय ८ वटा घटना थिए । जिल्ला प्रहरी कार्यलय बाँकेका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान श्रीमती झगडा, सासु बुहारी बिचको झगडा, देवरानी जेठानी र अन्य बिचमा भएको झै झगडाका घटनाहरु हुने गरेका छन् ।


  जसमध्ये सबैभन्दा बढी श्रीमान श्रीमती बिच भएको झगडाका घटना बढी दर्ता हुने गरेको जिप्रका बाँकेले जनाएको छ । पछिल्लो ३ बर्ष यता अर्थात आर्थिक बर्ष २०७४/०७५ देखि आर्थिक बर्ष २०७६/०७७ को कात्तिक मसान्तसम्म  महिलामाथि १  हजार ४ सय ५३ वटा सामाजिक हिंसाका घटना भएको तथ्याङक जिप्रका बाँकेमा छ । जसमध्ये १ हजार १ सय ५५ वटा सामाजिक हिंसाका घटना भने मिलापत्रमा टुङ्गियका छन् ।
वितेका ३ वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटना मध्ये १ सय ६० वटा घटना मात्रै सम्बन्धित निकाय अर्थात स्थानीय तह तथा अदालतमा गएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेवा केन्द्र (सेल) का अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३५ जना बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७५/७६मा बलात्कृत हुनेको संङ्ख्या ५६ पुगेको थियो भने चालु आर्थिक बर्षको कात्तिक मसान्त सम्म २१ जना बलात्कृत भएका छन् ।
आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक बर्षको कात्तिक मसान्त सम्म ३९ जनामाथि बलात्कारको प्रयास भएको छ । २२ जना बालिका आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक बर्षको कात्तिक मसान्त सम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन् ।
यस्तै आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म अर्थात पछिल्लो ३ बर्षमा ७ सय ७३ जना महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्र बाँके सङ्ग छ ।

Next Post

हत्या आशंका गर्दै शुष्म अनुसंधान गर्न आग्रह

१६ मंसिर २०७६, सोमबार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : गत कात्तिक २० गते मृत अवस्थामा भेटिएका नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दावी गरेको छ । नेपालगञ्ज खजुरा सडकखण्ड अन्तरगत जानकी गाउँपालिका–३ को सडक छेउमा विसीको शव कात्तिक २० गते विहान भेटिएको थियो । बाँके प्रहरीले सवारी साधनको ठक्करबाट विसीको ज्यान गएकोे बताए […]