सिद्धेश्वरले स्वर्णजयन्ती मनाउँदै

१० बैशाख २०७५, सोमबार ११:१६
 


सदरलाइनडटकम
१० बैशाख, नेपालगन्ज ः बाँकेको राप्तीसोनारी—६ स्थित श्री सिद्धेश्वी माध्यामिक विद्यालयले आफ्नो स्वर्णजयन्तीको अवसरमा भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त विद्यालयका अध्यक्ष जनक बहादुर थारुका अनुसार स्वर्णजयन्तीको अवसरमा यही बैशाख २३ गते आईतबार भब्य कार्यक्रमको आयोजना गरिदैछ ।

सो अवसरमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखे्रल सहभागि हुने बनाउने गरी प्रस्ताव गरिएको छ । राप्तीसोनारी क्षेत्रमा निकै चर्चित बिद्यालयका रुपमा सिद्धेश्वर मावि चर्चित छ ।

Next Post

अछामका बिष्टले गरे उपचारमा सहयोगको याचना

१० बैशाख २०७५, सोमबार ११:१६
सदरलाइनडटकम १० बैशाख, नेपालगन्ज  : दुबै मृगौला फेल भई भारतमा उपचार गराईरहेका अछाम जिल्ला तुमाखाककद धमाली गाउँका बिरेन्द्रसिंह बिष्टको उपचारमा सहयोग गर्न अछामी सेवा समाज बाँकेले सार्वजनिकरुपमा अपिल गरेको छ । सेवा समाजले सामान्य परिवारका बिष्टको उपचारमा लाखौं खर्च हुने भएकाले त्यसको व्यवस्थापनका लागि सबैमा आग्रह गरेका हुन ।  कलिलो  […]